पोखरा । गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरो काठमाडौ उपत्यकामा पनि बिक्री सुरु भएको छ। ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ।
उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा ‘प्रोडक्ट लन्चिङ’ गरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपाब्ध हुने बताइएको छ।
पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ। खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देश अशोक खड्का बताउँछन्।उनी भन्छन् “खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परिक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं।”
पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउंदै आएको खड्का बताउँछन्। उनी थप्छन् “हामी ग्राहकको स्वास्थ्य प्रती सचेत छौं। त्यसैले लुकाउनु पर्ने केही छैन। साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेका छौं।”
पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन