पोखरा । पाेखराका ५ सहित गण्डकी प्रदेशमा थप ३१ कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका दाेस्राे विज्ञप्ति अनुसार पोखरा महानगर वडा नं ८ का १५ र १८ वर्षिय पुरुष तथा ३८ वर्षिया महिला, पोखरा ११ की ३६ वर्षिया महिला र पोखरा १४ की २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । त्यसै गरि स्याङजा विरुवाका ३० वर्षिय पुरुष र वालिङ ४ का १९ र ४४ वर्षिय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास नगरपालिकामा ५ जना, भानु नगरपालिकामा ३ जना, आँबुखैरेनी गाउँपालिकामा २ जना र देवघाट गाउँपालिकामा १ जना गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-३ का २३ वर्षीय पुरुष, व्यास-१० का ४८ वर्षीय पुरुष र ५ वर्षीय बालक, व्यास-१० कै १८ र ४१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । व्यास-१० का ४८ वर्षीय पुरुष विद्युत कार्यालय दमौलीमा कार्यरत छन । कार्यालयका अन्य कर्मचारी सुरक्षित रहेको विद्युत कार्यालय दमौलीका प्रमुख कपिल पाण्डेले जानकारी दिए ।
उनले भने ‘उहाँ पछिल्लो १ सातादेखि कार्यालय आउनु भएको थिएन र उहाँ काम गर्ने युनिटमा सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख पाण्डेले जानकारी दिए ।व्यास-१० का ३ जना संक्रमित एकै परिवारमा हुन् भने ५ वर्षिय बालक आफन्तका छोरा हुन् । त्यस्तै व्यास-३ का संक्रमित विदेशबाट आएका युवाक हुन् ।त्यस्तै भानु-२ का २८ वर्षीय पुरुष, भानु-५ का ३६ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
यसैगरी जिल्लाको आँबुखैरेनी-३ की ३३ वर्षिया महिला र ८ वर्षिया बालिका, आँबुखैरेनी-२ की ५९ वर्षिया महिला समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै देवघाट-५ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार वागलुङ काठेखोला ७ का २१ वर्षिय पुरुष तथा ५१ वर्षिया महिला, गल्कोट ५ का ३१ वर्षिय पुरुष तथा ४ का २७ र ५४ वर्षिय पुरुष, जैमीनी ८ का ३३ वर्षिय पुरुष तथा ६ का १८ र ५२ वर्षिय पुरुष र पर्वत कुस्माका ५० वर्षिय पुरुष सहित २१, २९ र ३३ वर्षका नेपाल आर्मीमा कार्यरत ३ पुरुषहरु रहेका छन ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३५७९ पुगेको छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
सुरक्षा पालुवाको १८ औं स्थापना दिवसमा भवन उद्घाटन एवम् रक्तदान
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै, ३ बजेपछि प्रदेश सभा बैठक
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग