काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट देशवासीको नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । उनले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद दिएका छन् ।
करिव १५ मिनेट लामो सम्बोधनको क्रममा उनले आफ्नो सरकारले गरेका कामहरुबारे जानकारी गराएका थिए। उनले तीन तहको निर्वाचन गराउनु नै आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पुरा गर्न दिएको जिम्मेवारी आफूले सफलतापूर्वक पुरा गरेको बताए।
उनले सरकारमा रहँदा विकासमा काम धिमे गतिमा भएको स्विकारेका छन्। उनले आफू प्रधानमन्त्री हुँदा निर्वाचन आचार संहिता लागू भएकोले द्रुत गतिमा विकास गर्न नसकेको बताए। उनले आफ्नो कार्याकलमा बुढी गण्डकी, माथिल्लो तामाकोशी, पोखरा विमानस्थल लगाएका राष्टंरिय गौरवका आयोजनाका काम अघि बढेको दाबी गरे।
यसैगरी प्रधानमन्त्री देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएर संघीय लोकतन्त्रलाई अझै मजबुत बनाएको बताए। उनले संविधानलाई सर्वस्वीकार्य बनाउन सफल भएको बताए। प्रधानमन्त्री राजीनामा बुझाउन शीतल निवास जाँदैछन्। सम्बोधनअघि मन्त्रिपरिषद् बैठक बसेको थियो।
जाँदा जाँदै प्रधानमन्त्री देउवाले आफू सरकारमा नभए पनि जनताको सुखदुःखमा र पार्टीमा क्रियाशील रहिरहने बताए। उनले अब बन्ने सरकारलाई दिगो विकास, शान्ति र सहमति कायम राख्न शुभकामना दिएका छन्। कांग्रेस सभापति देउवा गत जेठ २४ गते मुलुकको ४० औं प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु