आज पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका ४ वटा वडाका ५ पुरुष र १ महिला तथा लमजुङका २ पुरुष गरी गण्डकी प्रदेशमा ८ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा ४ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ४६ वर्षीय पुरुष तथा ४८ वर्षीय पुरुष, पोखरा ८ का १९ र ३९ वर्षीय पुरुष तथा पोखरा १७ का २८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै लमजुङका थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय तथा वडा नम्बर ५ का ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३६१२ पुगेको छ ।
सम्बन्धित खबर
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग