पोखरामा शुक्रबार फेरि थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भाटभटेनीमा कार्यरत पुरुष सहित पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज बिहान समेत पोखरामा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका १० जना तथा माछापुच्छ्रे गाउँपालिकाका १ जना सहित गण्डकी प्रदेशमा ३३ कोरोना संक्रमित थपिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा २७ का ३० वर्षीय महिला तथा ५९ र ६० वर्षीय २ जना पुरुष, पोखरा २९ का ४९ वर्षीय पुरुष, वडा नम्बर ३० का २१ वर्षीय पुरुष, पोखरा ३१ का १३ वर्षीय बालिका सहित २० वर्षीय महिला तथा १६ र ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा २ र ३० का २ जना भारतबाट आएका हुन् ।
त्यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ६ की २६ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी गोरखा ४ पालिकाका ७ महिला तथा ५ पुरुष, लमजुङ राईनाशका भारतबाट आएर क्वारेन्टिनमा बसेका २१ बर्षीय पुरुष र नवलपुर गैँडाकोटका ७ वटा वडाका ९ जना पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३६४५ पुगेको छ ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु