पोखरामा २ जना प्रहरी सहित थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १० जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा- ४ का २ जना ४५ तथा ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी रहेका छन् । पोखरा वडा नम्बर ६ की २६ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । उनी राष्ट्रिय वाणिज्य बैंक गैंडाकोट नवलपरासी (ब.सु.पू) मा कार्यरत रहेकी छिन् ।
त्यस्तै पोखरा वडा नम्बर १० का ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
त्यस्तै पोखरा १३ की ५४ वर्षीय १ जना महिला, १४ का २७ तथा ४३ वर्षीय पुरुष, पोखरा- १५ का ३५ वर्षीय महिला तथा २० वर्षीय पुरुष, पोखरा १६ का २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
तनहुँ शुक्लागण्डकी २ का २५ वर्षीय पुरुष, तनहुँ भानु २ का २६ वर्षीय पुरुष र नेपाल प्रहरीमा कार्यरत मनाङ चामेका ३१ वर्षीय पुरुष, लमजुङको दुधपोखरी ६ का २५ वर्षीय पुरुष तथा राइनाशका ६ का ४० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा लमजुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको दुधपोखरी ६ का २५ वर्षीय तथा राइनास ६ का ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६ सय ६० पुगेको छ ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु