पोखरा उत्तमचोक स्थित इलाइट मोटर्स प्रा.लि. निसान गाडीका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बनेको छ । निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्सलाई चयन गरेको हो ।
अटोमोबाइल व्यवसायमा पहिचान बनाएका पोखराका युवा व्यवसायी गोपाल बराल इलाइट मोटर्सका प्रवन्ध निर्देशक हुन् । ‘अटोमोबाइल क्षेत्रमा निसान स्थापित ब्राण्ड हो,’ बराल भन्छन्, ‘प्रतिष्ठित ब्राण्डको आधिकारिक बिक्रेता भएर काम गर्न पाउँदा उत्साह मिलेको छ ।’
पायोनियर मोटोकर्पले नै नेपाली बजारमा आयात गरेको ड्याट्सन गाडीहरुको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्सका सञ्चालक पनि बराल नै हुन् । ड्याट्सन गाडीको आधिकारिक बिक्रेता रहेर राम्रो पहिचान बनाएका बराललाई निसानको समेत डिलर दिएर पायोनियरले थप जिम्मेवारी प्रदान गरेको हो ।
निसानको किक्स, नाभारा, एक्सट्रेल लगायतका गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग