पोखरामा मंगलवार थप १४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालयको सोमबार जारी पहिलो विज्ञप्ति अनुसार प्रदेशका २ जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा- ५ की ९ वर्षीय बालिका तथा १४ वर्षीय बालक सहित ३६ वर्षीय पुरुष, पोखरा- ८ का ४९ वर्षीय पुरुष, १३ का २४ वर्षीय पुरुष, पोखरा १५ का ३४ वर्षीय पुरुष सहित ३३ र ५६ वर्षीय २ जना महिला, पोखरा- १७ का ५५ र ५६ वर्षीय महिला सहित २४, ३१ र ६१ वर्षीय ३ जना पुरुष, पोखरा- २० का ८३ वर्षीय वृद्धलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै नवलपरासी (ब.पु.पू) का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको विनयत्रिवेणीका हुन् । विनयत्रिवेणी ३ की १२ वर्षीय बालिका सहित ७० वर्षीय वृद्धालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै ४ का २६ तथा ५९ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३८ १३ पुगेको छ ।
सम्बन्धित खबर
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग