मन्त्रिपरिषद् पुनर्गठन हुने भएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा व्यस्त छन् । प्रधानमन्त्री बाहेक सबै एकसाथ हटाएर पुनः गठन गर्ने कि ? केही मन्त्री हटाएर नयाँ नियुक्त गर्ने विषयमा सहमति जुट्न सकिरहेको छैन । मन्त्रालय नै फुटाएर भएपनि संविधानतः बढीमा २५ मन्त्रालय बनाउन पनि सकिने गरी दुई अध्यक्ष सहमत छन् । कम्तिमा ५ जना र बढीमा १२ जना नयाँ अनुहार क्याबिनेटमा भित्रनेछन् ।
कोरोना महामारीमा प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि हटाउनुपर्ने आवाज नेकपाभित्र उठिरहेको छ। अध्यक्ष प्रचण्डसहित नेकपाका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि ढकाललाई हटाउनुपर्ने पक्षमा छन्।
पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीलाई पुनः सोहि जिम्मेवारी दिने विषयमा पनि नेकपाका केही नेताहरुले छलफल चलाएका छन् । अधिकारी पनि आफूले विगतको अनुभवका आधारमा सन्तोषजनक काम गर्न सक्ने भन्दै मन्त्री बन्न इच्छुक छन् ।
खगराज केपी शर्मा ओलीकै पक्षका हुन् । तरपनि प्रधानमन्त्री ओली ढकाललाई नै सकेसम्म निरन्तरता दिने पक्षमा छन् । स्वास्थ्यमन्त्री ढकाल अधिकारीसँग रुष्ट बनेका छन् । नेकपा केही नेताहरुका अनुसार एउटै गुटका भानुभक्त र खगराजबीच बोलचाल नै हुन छोडिसकेको छ ।
महासचिव विष्णु पौडेल ढकाललाई हटाउनै नहुने पक्षमा छन् । तर, खगराजको पक्षमा प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोखरेल छन् । पर्फमेन्स पनि नभएको र खगराज पनि आफ्नै पक्षमा रहेकाले खगराजलाई नै स्वास्थ्यमन्त्री बनाउन पोखरलले भनिरहेका छन् । प्रचण्ड भने उर्जा मन्त्रालय सम्हाल्दा राम्रो काम गरेका जनार्दनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुपर्ने चाहना राखेका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो