काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको बाजेको सेकुवाका सन्चालक चेतन भन्डारीले बताए ।
‘कर्पोरेट सेफ’का रुपमा विगत २२ वर्ष देखी खाना तथा आतिथ्य क्षेत्रमा संलग्न चालिसे असोज १५ गतेदेखी बाजेको सेकुवामा आवद्ध भएका हुन्। उनले विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मम, मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गरेका थिए ।
सेफ चालिसेले ‘प्रथम नेपाली कस्मोपोलिटियन सेफ’, २०१३ मा मकाउमा ‘उत्कृष्ट प्रदर्शन अवार्ड’ र २०१७ मा नेपालमै ‘उत्कृष्ट सेफ अवार्ड’ बाट सम्मानित भएका थिए। सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने भन्डारीले बताए । ‘यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा एकरुपता आउने छ,’ उनले भने ।
बाजेको सेकुवाको उत्तर अमेरीकी महादेशमा (न्यू योर्क र डालास) रहेको फ्राञ्चाइजमा कर्पोरेट सेफका रुपमा सुरेन्द्र रायमाझी आबद्ध छन् । आगामी दिनमा दुवै सेफहरुको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजहरु विस्तार हुने कम्पनीले जनाएको छ ।
त्यस्तै बाजेको सेकुवाले कोभिड १९ लाई मध्यनजर गरी ‘बाजेको फ्रेस’ योजना ल्याएको छ । बाजेको सेकुवाले स्वच्छ खसीे, कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परीकारहरु ग्राहकहरुको घरमै पुर्याउने उद्धेश्यले यो योजना ल्याएको हो । त्यस्तै २४ सै घण्टा ग्राहकलाई सेवा दिने योजना सहित ‘क्लाउड किचेन’ सञ्चालनमा ल्याउन लागेको छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’