काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा ल्याउन चाहेका छन् ।
ढल्कँदो उमेर, आफू सभापतिमा रहँदा पार्टीले शर्मनाक हार व्यहोरेको, राष्ट्रिय सरकार सहित सबै सातै प्रदेशमा विपक्षी दल हुनुपरेको, प्रधानमन्त्री पद छाड्दा छाड्दै अत्यन्त आलोचना खेप्नुपरेको कारण देउवा अब फेरि प्रधानमन्त्री हुन्छु भन्ने सोच्न छाडिसकेका छन् ।
देउवाले पत्नी आरजुलाई अघि सार्न चाहे तर सकेनन् । श्रीमती आरजु आफ्नै नेता र कार्यकर्ताबाट समेत नपत्याईनु, आफ्नै क्षेत्रमा चुनावमा उठाउँदा समेत हार व्यहोरेको कारण उनी अगाडि आउन सक्दिनन् भन्ने देउवाको ठम्याई रहेको जानकार बताउँछन् । त्यसैले उनले अब छोरोलाई राजनीतिमा अगाडि ल्याउन चाहन्छन् ।
प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि देउवा दम्पत्तिवीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा एकछिन छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ ।
सुरुमा आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर, पति देउवाले उनको कुरै सुनेन् । बरु उनले आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति गर्नुपर्छ भनेर कड्किए । त्यसपछि आरजु पनि सहमत भएको खुलासा भएको छ ।
यता देउवाका छोरा अहिले २३ वर्षका भए । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्। जयवीरले बुवाको विरासत धान्न सक्लान् त ? यो भने अब बहसको विषय बनेको छ ।
जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि नै थियो । तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउनेगरि यस्तो निर्णय गरे ।
रिपोटर्स नेपालको समाचार सहयोगमा
सम्बन्धित खबर
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते