पोखरामा लगातार ३ दिन ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । अस्ति पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिजो चरक मेमोरियल हस्पिटल र आज गण्डकी मेडिकल कलेजमा उपचाररत संक्रमितको ज्यान गएको हो ।
गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा र नवलपुरका १/१ संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
स्याङ्जाको आँधिखोला गाउँपालिका ६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षे वृद्ध र नवलपुरको गैंडाकोट नगरपालिका १ का ३६ वर्षे पुरुषको मृत्यु भएको हो ।
स्याङ्जाका संक्रमितको पोखरास्थित गण्डकी मेडिकल कलेजमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । स्याङ्जाका मृतकमा मृगौला र मुटुको समस्यासँगै पिसाबमा पनि संक्रमण थियो ।
नवलपुरका संक्रमितको चितवनस्थित कलेज अफ मेडिकल साइन्समा उपचारकै क्रममा शुक्रबार दिउँसो ३ः५५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । नवलपुरका मृतकको भने एक्कासि मुटुले काम गर्न छोडेको र रक्तचाप कम हुँदा रगतमा संक्रमण बढेको निर्देशनालयले जनाएको छ ।
शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय वृद्धको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
गण्डकीमा हालसम्म मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा