पोखरामा फेरि २ सहित गण्डकी प्रदेशमा १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दोस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका १, कास्कीका २, गोरखा ११, लमजुङका २ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर ७ की २९ तथा वडा नम्बर १७ की १९ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ वर्षीय महिला पोखराको ओम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छिन् ।
बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी वीरगञ्जबाट आएका हुन् ।
गोरखामा ११ जनालाई संक्रमण पुष्टि भएको छ ।
लमजुङको राइनासका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ७६९ पुगेको छ ।
सम्बन्धित खबर
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग