पोखरामा २९ सहित गण्डकी प्रदेशमा १२६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो दोस्रो तेस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका १२६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका २९ जना, नवलपुरका ६० जना, तनहुँका २६ जना, बागलुङका ७ जना, स्याङजाका १ जना र लमजुङका २ जना गरी प्रदेशका ५ जिल्लामा १ सय २६ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० र ३१ वर्षका पुरुष चिकित्सक, ओम अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष तथा चारक मेमोरियल अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, फेवासिटी हस्पिटलको क्यान्टिनमा कार्यरत १९ वर्षीय पुरुष, पोखरा १ का १ पुरुष, ५ का ३ पुरुष, ६ का १ पुरुष र १ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, १० का ३ पुरुष र २ महिला, १३ का २ पुरुष, १४ का १ पुरुष र १ महिला, २५ का ३ पुरुष र २ महिला, २९ का १ पुरुष रहेका छन् ।
तनहुँ जिल्लाको भीमाद नगरपालिका, ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका तथा बन्दीपुरका २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
लमजुङका मध्यनेपालका २ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्याङ्जा जिल्लाको भीरकोटकी ५२ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नवलपरासीमा आज एकैपटक देवचुली तथा मध्यविन्दुका ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बाग्लुङमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना नेपाली सेनामा कार्यरत रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ९७१ पुगेको छ ।




सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो