पचास करोडको १५ कठ्ठा जग्गा किर्ते गर्ने ललितपुरका महानगरपालिका–१३ कुसुन्तीका केबल प्रताप जबरालाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
राणाले अर्कैको नाममा वीरगन्जमा रहेको ५ कठ्ठा, १५ धुर जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा आफ्नो बनाएका थिए। त्यसका लागि उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बरको मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकता समेत बनाएका थिए।
कमलादेवी राजभण्डारीको नाममा रहेको यो जग्गा राणाले वास्तविक जग्गाधनी र हकवाला समेतको हक खोसी मुकेश राजभण्डारीको नाममा राजीनामा पास गराएको भेटिएको थियो।
उनले उक्त जग्गालाई फेरि स्थायी घर भएका गिरिधारी लाल अग्रवाललाई विक्री गर्न रु. ५० लाख बैनासमेत लिएका थिए। यसरी किर्ते नागरिकता बनाएर मालपोत कर्मचारीको मिलेमतोमा वास्तविक जग्गाधनीलाई थाहै नदिई जग्गा बेचबिखन भएको उजुरीपछि प्रहरीले अनुसन्धान गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर कुसुन्ती स्थायी ठेगाना भएका ३३ वर्षीय राणालाई आइतबार रातोपुलबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले थप कार्यका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान