पोखरामा १८ सहित गण्डकी प्रदेशमा ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ३ जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष, चरक मेमोरियल हस्पिटलमा उपचाररत ४२ वर्षीय पुरुष तथा गण्डकी मेडिकल कलेजमा उपचाररत ३२, ३६, ३८ र ७० वर्षीय पुरुष तथा २३ वर्षीया महिला रहेका छन् ।
त्यसै गरी पोखरा महानगर वडा नं. १ की १ महिला, २ का १ पुरुष, ३ का १ पुरुष, ७ का २ पुरुष र १ महिला, १० का १ पुरुष, ११ का १ पुरुष , २५ का १ पुरुष, ३१ का १ पुरुष तथा वडा नखुलेका १ ५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । लमजुङ मध्येनेपाल र सुन्दरबजारका १-१ जना पुरुष र स्याङजा चापकोटका १० पुरुष तथा ४ महिलामा कोरोना पुष्टि भएको छ ।
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकाका १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
लमजुङका जिल्लाको सुन्दरबजार नगरपालिकाका ३९ तथा मध्यनेपालका २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००५ पुगेको छ ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’