गण्डक न्युज काठमाण्डौ, ६ फागुन / काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगरका महिला फोहोर टोल सफा गर्न झण्डै वर्ष दिन अघिदेखि जुटे । टोलका महिला जुटेर सफाइ अभियानमा लागे । ४५ हप्तामा बल्ल आज टोल फोहोरमुक्त घोषणा गरियो ।
आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने अवस्थामा पुगेका छन् । घरको फोहोर बाहिर मिल्क्याउनेलाई कडा जरिवाना लगाईनेछ ।

आलोकनगरका सकारात्मक मातृशक्ति समूहमा आबद्ध महिलाले सफाइमा उदाहरणीय काम गरेपछि। क्लिन काष्ठमण्डप अभियानले आइतबार उनीहरुलाई ३० थान डष्टबिन हस्तान्तरण गर्यो । दारी ग्याङको दोस्रो स्थापना दिवसको अवसर पारी अभियानले सफाई क्षेत्रमा क्रियाशील अन्य अभियानसँगको समेत समुपस्थितिमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई नै सडकमा ओरालेर कार्यक्रम गरेको हो ।
यसअघि गत पुस २७ गते समेत अभियानको शुभारम्भमै पण्डित पुगेका थिए । मन्त्री हुनु पूर्व नै पण्डितले ऐक्येबद्धता जनाउँदै उनले सफाई अभियानमा सहभागिता जनाएका थिए । अभियानकर्मी किशोर केपी खनालले सबै टोलबासी यसरी लाग्ने हो भने स्वच्छ र सुन्दर काठमाण्डौको सपना साकार हुने बताए । उनले लालबाबु पण्डित जस्ता व्यक्तिले वातावरण मन्त्रालयमा जिम्मेवारी पाउनु आफूहरुका लागि खुशीको कुरा भएको बताए ।
https://www.facebook.com/kshetra.khanal/videos/2219857078241492/
डोकोमा जम्मा पारेर राखिएको फोहर महानगरपालिकाले नउठाउँदा भने समस्या परेको छ, आफ्ना सफाइ कर्मचारी परिचालन गरेर फोहर उठाउन नसकेको महानगरपालिकाले टोलवासीले उठाइदिएको फोहरसमेत व्यवस्थापन गरेन । उनले भने ।
डस्टविन हस्तान्तरण गर्दैे वातावरण मन्त्री पण्डितले धुलो, धुवाँ एवं मास्क लगाउने मानिसमुक्त काठमाडौँ बनाउने अभियानमा मन्त्रालय लागेको जानकारी दिए । सो अवसरमा एक घण्टा सफाइ गरी पाँच डोको फोहर पनि उठाइएको थियो । मन्त्री पण्डित सँगै फोहोर उठाउन कस्सिए ।

जनसंख्या तथा बाताबरण मन्त्री लालबाबु पण्डित आफै फोहोर उठाउन थालेका छन् । सर्वसाधरण नागरिकलाई आफ्नो घर र टोल सफा राख्नका लागि सन्देश दिन मन्त्री पण्डित आफै फोहोर उठाउने अभियानमा जुटेका हुन । शनिबार पनि मन्त्री पण्डित चक्रपथ सफाइ अभियान पुगेका थिए । उनी सफाई अभियानमा पुगेकै हुन्छन्, कार्यक्रम अवधिभर संगै फोहोर उठाउँछन् र फर्कन्छन् । मन्त्री पण्डित देखेर सहभागी समेत उत्साहित बनेका थिए ।
‘आफू बसेको ठाँउ आफै सफा गरौं, टोल सफा राखौं, बाताबरण स्वास्थ राख्न सफाई पहिलो प्राथमिकता हो, यस्मा तपाई हामी कोही नचुकौं’ फोहोर उठाउने कामको थालनी गर्दे मन्त्री पण्डितले भने ।

अब सार्वजनिकस्थलमा कसैले फोहर फालेमा कानूनमा व्यवस्था भएअनुसार कारबाही हुन्छ, राजधानीलगायत शहरमा प्लाष्टिकले धेरै फोहर गरेको छ, प्लाष्टिक, सुर्ती, खैनी एवं रिचार्ज कार्डका खोलले पनि धेरै फोहर बढाएका छन् । यस्ता चिज उत्पादन गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्छ, यसका लागि छलफल अघि बढाउँछु । मन्त्री पण्डितले भने ।
सो अवसरमा सफाइलगायत सामाजिक अभियान चलाइरहेको दाह्री ग्याङ, वाग्मती सफाइ महाअभियानका किशोरसिंह शाही, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, आलोकनगर सफाइ अभियानकी प्रमिला पौडेललगायतले गाउँ, टोल सफाइ गरे शहर एवं नगर सफा हुने बताए ।
यो कार्यक्रमलाई श्रद्धावान नेपाल राष्ट्रिय पोशाक महाअभियान, दाह्री ग्याङ, नयाँ सुरुवात, पहिलो पाइला, उपकार फाउण्डेशन, कन्सर्न ग्रुपको सहयोग रहेको थियो ।

सम्बन्धित समाचार
झाडू बोकेर सडकमा निस्किए लालबाबु पण्डित । यस्तो साथ मिल्यो (भिडियो)
सम्बन्धित खबर
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प