पोखरामा ४६ सहित गण्डकी प्रदेशमा ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चौथो र पाचौ विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा संक्रमण पुष्टि हुनेहरुमा पोखराको चरक मेमोरियल अस्पतालमा कार्यरत २४ वर्षीया महिला स्वास्थ्यकर्मी र उपचाररत ४ पुरुष, गण्डकी मेडिकल कलेजमा उपचाररत ३ पुरुष र २ महिला, पोखरा वडा नं. २ का १ पुरुष, वडा नं.४ का ३ पुरुष, वडा नं. ५ का १ बालिका र १ महिला, वडा नं. ७ का ४ पुरुष, वडा नं. ८ का २ पुरुष र १ महिला, वडा नं.९ का ६ जना पुरुष, वडा नं.१० का ३ जना पुरुष, वडा नं. ११ का १ पुरुष, वडा नं.१३ का १ पुरुष र १ महिला, वडा नं.१७ का ४ पुरुष र २ महिला, वडा नं.२६ का १ पुरुष, वडा नं. ३२ का १ पुरुष तथा वडा नखुलेका २ महिला र उमेर नखुलेका १ पुरुष रहेका छन ।
तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ । जिल्लाको आबुँखैरेनी गाउँपालिकामा बुधबार थप १ जना महिलमा कोरोना संक्रमण पुष्टि भएको हो । आबुँखैरेनी-६ की ५९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यसै गरी नेपाल आर्मीमा कार्यरत वागलुङका २३ वर्षीय पुरुष र वडा नखुलेका १ पुरुष, लमजुङका वडा नखुलेका १ पुरुष, स्याङजा पुतलीवजार २ र ४ का २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५ हजार १८७ पुगेको छ ।


सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन