महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ। विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ।कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क छ।
विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन्। ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन्।
अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ। त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ।
सङ्क्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ। रासस
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह