पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । प्रि आइशोलेसन वार्डमा उपचारको क्रममा मृत्यु भएकी ति महिलामा कोरोना पुष्टि भएको हो ।
असोज ३० गते अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि आएकी पोखरा ३ की ५६ वर्षीया महिलाको प्रिआइशोलेसन वार्डमा उपचारको क्रममा राति ९ः१५ मा मृत्यु भएको थियो । उनमा कोभिडको आशंकामा परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
यससँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका १५, नवलपुर ९, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
यसअघि, पोखरामा आजै अर्का एक पुरुषको पनि मृत्यु पुष्टि गरिएको छ । उनको पनि हिजो नै मृत्यु भएको हो । कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउँसो ४ः५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनलाई असोज २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
यसैबीच, गण्डकीमा आज १३२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा ५४ जना सहित प्रदेशमा १३२ थपिएका हुन् । यससँगै प्रदेशमा संक्रमित ५६ सय ३३ पुगेका छन् ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’