पोखरा – कास्की प्रहरीले चोरीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ रिसिंङ गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा महानगरपालिका -८ न्युरोड बस्ने ३० वर्षीय मधु थापा र कास्की माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोक बस्ने ३८ वर्षीय सूर्य बहादुर घर्ती रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालका अनुसार गत असोज २४ गते माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोकस्थित तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलबाट रिचार्जकार्ड, एक लाख तीस हजार नगद सहित औंठी लगायतका सामान चोरी भएको थियो । घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय सहित मातहत वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा लाहाचोकका सूर्य बहादुर घर्तीले चोरी भएको रिचार्ज कार्ड प्रयोग गरेको प्रहरीले चाल पाएपछी प्रहरीले उनलाई सतहत्तर हजार दुई सय नब्बे रुपैयाँ सहित पक्राउ गर्यो । अनुसन्धानकै क्रममा सूर्यले उक्त रिचार्ज कार्ड मधुसंग लिएको बताएपछि प्रहरीले मधु थापाको न्यूरोड स्थित डेरामा खानतलासी गर्दा चोरीका सामान सहित मधुलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भैरहेको प्रवक्ता हमालले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा