पोखरा – कास्की प्रहरीले चोरीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ रिसिंङ गाउँपालिका वडा नं -२ घर भइ हाल पोखरा महानगरपालिका -८ न्युरोड बस्ने ३० वर्षीय मधु थापा र कास्की माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोक बस्ने ३८ वर्षीय सूर्य बहादुर घर्ती रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
प्रवक्ता हमालका अनुसार गत असोज २४ गते माछापुछ्रे गाउँपालिका वडा नं -४ लाहाचोकस्थित तुलसी अधिकारीको सारदा एण्ड सरोज किराना पसलबाट रिचार्जकार्ड, एक लाख तीस हजार नगद सहित औंठी लगायतका सामान चोरी भएको थियो । घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय सहित मातहत वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरीको टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा लाहाचोकका सूर्य बहादुर घर्तीले चोरी भएको रिचार्ज कार्ड प्रयोग गरेको प्रहरीले चाल पाएपछी प्रहरीले उनलाई सतहत्तर हजार दुई सय नब्बे रुपैयाँ सहित पक्राउ गर्यो । अनुसन्धानकै क्रममा सूर्यले उक्त रिचार्ज कार्ड मधुसंग लिएको बताएपछि प्रहरीले मधु थापाको न्यूरोड स्थित डेरामा खानतलासी गर्दा चोरीका सामान सहित मधुलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भैरहेको प्रवक्ता हमालले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ