पोखरा – गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय द्वारा जारी दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला नवलपुर, तनहुँ र गोरखाका थप १९ जनामा कोरोना पुष्टि भएको हो ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिका -१५ का ५८ वर्षीय पुरुष, गैंडाकोट -१ का २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, गैंडाकोट -५ का २० वर्षीय पुरुष र गैंडाकोट – १० का ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै चितवन मेडिकल कलेज चिवतनमा गरिएको परीक्षणमा नवलपुर देवचुली नगरपालिका वडा नं – ११ का ५० वर्षीय पुरुष, वडा नं -१७ का १९, ७३ ४२ वर्षीया महिला, वडा नं -१६ का १६,५२, ३४ वर्षीय पुरुष, वडा नं -१३ का ३५ वर्षीया महिला र वडा नं १४ का ५९ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै कावासोती नगरपालिका -१३ र ८ का क्रमसः २९ र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यता गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका -४ का ३१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित सबै सम्बन्धित अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६ हजार ८ सय ३२ पुगेको छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा