पोखरा – गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय द्वारा जारी दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला नवलपुर, तनहुँ र गोरखाका थप १९ जनामा कोरोना पुष्टि भएको हो ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिका -१५ का ५८ वर्षीय पुरुष, गैंडाकोट -१ का २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, गैंडाकोट -५ का २० वर्षीय पुरुष र गैंडाकोट – १० का ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै चितवन मेडिकल कलेज चिवतनमा गरिएको परीक्षणमा नवलपुर देवचुली नगरपालिका वडा नं – ११ का ५० वर्षीय पुरुष, वडा नं -१७ का १९, ७३ ४२ वर्षीया महिला, वडा नं -१६ का १६,५२, ३४ वर्षीय पुरुष, वडा नं -१३ का ३५ वर्षीया महिला र वडा नं १४ का ५९ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै कावासोती नगरपालिका -१३ र ८ का क्रमसः २९ र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यता गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका -४ का ३१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित सबै सम्बन्धित अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६ हजार ८ सय ३२ पुगेको छ ।

सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’