स्याङजा – कुटपिट गरी हत्या गरेको अभियोगमा स्याङ्गजा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतली बजार नगरपालिका वडा नं -६ पुरीस्वारा बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिर बहादुर गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार सोमबार राति पुतलीबजार नगरपालिका-६ टक्सार कोल्डाँडा पुरीस्वाँरास्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा विवाद भएको थियो ।
सोही विवादको निहुँमा हात हालाहाल हुँदा सोही स्थान बस्ने २९ वर्षीय सूर्य बहादुर गुरुङ गम्भीर घाइते भएका थिए । घाइते गुरुङलाई तत्काल जिल्ला अस्पताल लगिएपनि अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेकोमा उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको हो ।
यता स्याङ्गजाका प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार दशैंको समय खानपिनको कार्यक्रम सकेर फर्कने क्रममा हानाहान हुँदा घटना घटेको गण्डक न्युजलाई जानकारी दिए । अधिकारीले घटना हुनुमा पुरानो रिसिवी पनि हुन सक्ने बताए ।
प्रहरीले घटनामा संग्लग्न रहेको आशंकामा थप २ जनालाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थपको स्वीकृति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु