मुस्ताङमा दशैं तिहारबीचको यो समय आन्तरिक पर्यटकले भिड लाग्ने गर्दथ्यो । बाइकमा अपर मुस्ताङ पुग्ने युवा जमातको रहरलाई यो पटक कोरोना तगारो बनिदिएको छ । वर्षेनी हजारौं संख्यामा आन्तरिक पर्यटकले जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङको व्यापार व्यवसाय पनि राम्रो चलेको थियो । कोरोना कहरले उनीहरुलाई पनि नोक्सान भएको छ ।
मुस्ताङको जोमसोम बजार बिहीबारदेखि एक हप्ताका लागि पूरै सिल गरिएको छ । घरपझोङ गाउपालिका—४ गाउँ मुखिया रामप्रसाद थकालीको अध्यक्षतामा जोमसोम गाउँ समाजको आकस्मिक बैठकले कोरोना रोकथामका लागि जोमसोम बजार सिल गर्ने निर्णय गरेको हो । कात्तिक १९ गतेसम्मका लागि सिल भएको छ ।
जोमसोम बजारका स्थानीय तथा सर्वसाधारण व्यक्ति अन्य वडा र जिल्ला बाहिरिन नपाइने र मुस्ताङका अन्य गाउँपालिका तथा घरपझोङका अन्य वडा र बाह्य जिल्लाबाट आउने व्यक्ति जोमसोम बजार प्रवेश गर्न पाइँदैन ।
जोमसोम बजारबाट लामो तथा छोटो दुरीको सार्वजनिक तथा निजी सवारी साधनमा आउजाउमा रोक लगाएको छ । पालिका भित्र सञ्चालनमा रहेका सबै विद्यालय पनि बन्द रहेका छन् ।
गाउँपालिकाले मुस्ताङमा समुदायस्तरमा पहिलो पटक कोरोना पोजेटिभ संक्रमित भेटिएकाले यो निर्णय गर्नुपरेको बताइन्छ ।
गत वर्षहरुमा यस्तो भिड लाग्दथ्यो:



सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?