कोभिड १९ बाट गण्डकी प्रदेशमा आजै ५ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका २ जना, कास्कीको अन्नपूर्ण गाउँपालिकाका १ जना र नवलपुरका २ जनाको मृत्यु पुष्टि गरेको हो ।
पछिल्लो पटक पोखरा–१७ एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत उनको आइतबार बिहान ११ ः ५५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन् ।
गत कार्तिक ११ गते कोभिड–१९ को संक्रमण पुष्टि भई उपचार केन्द्रको आइसियूमा भर्ना भएका पोखरा–१७ का ६० वर्षिय ति पुरुषमा कोभिड–१९ सहित निमोनिया, मधुमेह लगायतका समस्या रहेको अस्पतालले जनाएको छ । कोरोनाबाट सो उपचार केन्द्रमा उनीसहित २५ जनाको मृत्यु भएको छ ।
यसअघि, कोरोना संक्रमणका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
गत कार्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालको आइसियुमा भर्ना भएका अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा शनिवार राती ११ः३० बजे मृत्यु भएको अस्पतालका निर्देशंक डा. अर्जुन आचार्यले पुष्टि गरे ।
यस्तै, पोखरा महानगरपालिका ९ का ६२ बर्षिया महिलाको समेत पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा शनिबार नै दुखद निधन भएको आइतबार पुष्टि गरिएको छ ।
यसैगरी, नवलपरासी (ब.सु.पु.) जिल्ला, कावासोती ६ का ६७ बर्षिय पुरुष र सोहि जिल्ला गैडाकोट २ का ७७ बर्षिया महिलाको होम आइसोलेशनमा शनिबार मृत्यु भएको र उनीहरुको परिवारले नै अन्त्येष्टि गरेका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो