अहिले पोखराको प्याराग्लाइडिङ, मर्दी माछापुच्छ्रे पदयात्रा र छोटो दुरीमा तनहुँ मानहुँकोट भ्रमणले सामाजिक सञ्जालमा चर्चा पाएको छ । लामो समयको लकडाउनपछि बढ्दो कोरोना संक्रमणकाबीच यी क्षेत्रहरुमा थामिनसक्नुको भिड लागेको छ ।
आन्तरिक पर्यटकको भीडले कोरोना भाइरस संक्रमणको जोखिम बढाएको भन्दै मर्दी माछापुच्छ्रे हिमाल पदयात्रामा जाँदा अबदेखि कोरोनाको पीसीआर परीक्षण गराई नेगेटिभ रिपोर्ट पेश गर्नु पर्ने भएको छ। पदयात्रामा आउँदा बढीमा ७२ घण्टा भित्रको पीसीआरको नेगेटिभ रिपोर्ट देखाउन नसक्नेहरु धम्पुसबाट कट्नै पाउँदैनन् ।
चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कार्तिक २१ देखि पदयात्रामा आउनेहरुले पिसीआर नेगेटिभ भएको रिपोर्ट ल्याउनुपर्ने निर्णय गरेका हुन् । मङ्गलबार माछापुच्छ्रे गाउँपालिका वडा नं ७, ८ र ९ का वडाध्यक्षहरु, पर्यटन व्यवस्थापन समिति अष्ट्रेलियन क्याम्प, मर्दी ट्रेक पर्यटन व्यवस्थापन समिति, माछापुच्छ्रे मोडल ट्रेक व्यवस्थापन समितिलगायत सरोकार भएकाहरुको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय सञ्चालन गर्ने र जोखिम न्यूनीकरण गर्नेे निर्णय गरेको हो ।
पाहुनाकै कारण होटल व्यवसायी र स्थानीयबासी जोखिममा पर्ने खतरा भएको स्थानियको भनाई छ । भीड बढेर खान बस्न समस्या थपिएको नभई संक्रमणको त्रास मात्र भएको उनीहरु बताउँछन् ।
कास्कीको धम्पुसबाट यो पदयात्रा सुरु हुन्छ। माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, ‘भ्यू प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।
पदमार्गको हाइक्याम्प नै होटल भएको अन्तिम बिन्द हो। हाइक्याम्प ३५५० मिटरमा पर्छ। तर पर्यटकहरु ४५ सय मिटर हाराहारीको भ्यूपोइन्टसम्म पुगेर घुमेर फकिन्छन। हाइक्याम्पबाट भ्यू पोइन्ट पुग्न झन्डै ३ घण्टा लाग्छ। होटल नभएकोले पर्यटक घुम्नकै लागि भ्यू पोइन्टसम्म उक्लिन्छन्। यो पदमार्गमा मात्र करिब ९० होटल छन्। मर्दीको पदयात्रा आन्तरिक पाहुनाले ३ देखि ४ दिनमै पुरा गर्छन। तर विदेशीले भने एकसातासम्म बिताउँछन्।
माछापुच्छ्रे नमूना पैदलमार्ग माछापुच्छ्रे गाउँपालिका–९ को सिदिङबाट शुरु हुन्छ । सिदिङसहित रिभान, लाहाचोक, घाचोक तथा साविक माछापुच्छ्रे गाविसबाट समेत यस पदयात्रा गर्न सकिन्छ ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा