पोखरामा ३ सहित गण्डकी प्रदेशमा आज थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखराका ३० दिने नाबालक समेत रहेका छन् । बाग्लुङका २९ वर्षीय युवकको पनि मृत्यु भएको छ । निमोनिया भएपछि ज्यान बच्न नसकेको हो ।
३० दिनका बालकको आज बिहान सवा ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । ती बालक पोखरा महानगरपालिकाको भनिए पनि वडा खुलाइएको छैन ।
पोखरा महानगरपालिका वडा नम्बर १० का १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । सो वडाका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार राति साढे ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, पोखरा १७ का १ जनाको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । ७५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान ९ बजे ज्यान गएको हो । उनलाई कार्तिक १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
बाग्लुङका १ जनाको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको बिहीबार राति ८ बजेर ५० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ठ्याक्कै १ सय पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी