बेनी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणाअनुसार गाउँपालिकाको केन्द्रसमेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो ।
सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि मौवाफाँटमा जग्गा व्यवस्थापनसहित आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पालिकाभित्रका बहुसङ्ख्यक नागरिकलाई पायक पर्ने गरी गाउँपालिकाको केन्द्र रहेकै स्थानमा अस्पताल निर्माण गर्ने निर्णय भएको छ ।
कूल रु १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालू आवका लागि रु ८५ लाख बजेट प्राप्त भएको छ । यसअघि सङ्घीय सरकारमार्फत रघुगङ्गा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापन गरी अस्पताल निर्माण गर्ने योजना स्वीकृत भएको थियो । तर यसैवर्षदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत बेग स्वास्थ्य चौकीको पुनःनिर्माणको काम अघि बढेको कारण एकै स्थानमा एकै प्रकारका दुई योजना अघि बढाउनु उपयुक्त नभएको सो स्थान अधिकांश वडाको लागि अपायक पर्ने भएकाले अस्पताललाई गाउँपालिकाको केन्द्रमा निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा