तनहुँ । तनहुँको भिमाद नगरपालिकामा कोरोना संक्रमण र कन्ट्याक ट्रेसिङमा परेका सबै कार्यालय बन्द हुने भएका छन् ।
आइतबार नगरपालिकाले गरेको उक्त निर्णय कोरोना नियन्त्रणका लागी भएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत पदमराज आचार्यले जानकारी दिए ।
भिमाद नगरपालिकामा कोरोनाको संक्रमण बढ्दै गएको र नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना संक्रमण भएको हुँदा कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले कार्तिक २३ गते ३ बजे दिउँसोदेखि कार्तिक २६ गते राति १२ बजेसम्म भिमाद नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द रहने नगरपालिकाले जनाएको छ ।
पिसीआर परीक्षण नतिजा नआएसम्म त्यस्ता सबै कार्यालय, व्यवसाय गर्ने पसल एवं व्यक्तिका घरहरु पूर्ण रुपमा बन्द गराउने निर्णय भएको आचार्यले बताए ।
नगरबासीलाई अत्यावश्यक बाहेक घर बाहिर नहिड्न अनुरोध गरेको छ । साथै बिदाको समयमा घुमघाम नगर्न नगरपालिकाले अनुरोध गरेको छ । दैनिक रुपमा भिमाद लगाएत तनहुँका अन्य स्थानिय तहमा कोरोनाको संक्रमण बढिरहेको छ ।
साथै भिडभाड हुने खेलकुद तथा सांस्कृतिक कार्याक्रम नगराउन समेत नगरपालिकाले अपिल गरेको छ ।
त्यस्तै स्वास्थ्य मापदण्ड पालन गरि सुरक्षित रहन समेत नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस