पोखरा ५, मालेपाटनस्थित आइसोलेसनबाट सोमबार राति एक जना कोरोना संक्रमित भागेका छन् । कृषि तालिम केन्द्रमा पोखरा महानगरले व्यवस्थापन गरेको सो आइसोलेसनमा रहेका बुटवल घर भइ पोखरा ६ बुलौंदी बस्ने ३३ वर्षीय ति संक्रमित भागेका हुन् ।
र ती पुरुष कार्तिक १६ बाट आइसोलेसनमा बसेका थिए । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले सोमबार राति खाना खाएर सुतेका उनी बिहान कोठामा नभेटिएको बताएका छन् ।
तर, उनीसँगै आइसोलेसनमा बस्नेहरुका अनुसार साँझ खाना खाने बेला साथीसँग कुरा गर्न भन्दै माथिल्लो तल्लामा पुगेको र त्यहींबाट हामफालेर भागेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले ति संक्रमित पोखरामा मासु व्यवसाय गर्दै आइरहेको बताएका छन् ।
दशैंका बेला च्यांग्राको मासु बेच्न उनले अरुबाट खरिद गरेका थिए । तर त्यो च्यांग्राको रकम भुक्तानी नगरेको आरोपमा उनीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । धरौटी बुझाउन नसकेपछि जेल चलान भएका उनी श्रीमतीले धरौटी तिरिसकेको अवस्थामा पनि किन भागे ? यसतर्फ अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ । २३ लाख रुपैयाँको च्यांग्रा खरिद गर्दा खाली चेक दिएर ठगी गरेपछि उनी पक्राउ परेका थिए ।
उनको प्रहरीले उनको खोजी गरिरहेको छ । आइसोलेसनमा खटिएका सुरक्षाकर्मीले ती पुरुषको घर वरपर खोजी गरिरहेको बताइन्छ । संक्रमित अवस्थामा भागेपछि जोखिम बढेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो