काठमाडौँ, १४ फागुन – केपी ओली सरकारमा सोमबार थप चारजना मन्त्रीहरुले शपथ गरेका छन्।
माओवादीका तर्फबाट रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् भने मातृका यादवलाई वाणिज्य तथा उद्योगमन्त्रीको जिम्मेवारी दिइएको छ। एमालेका तर्फबाट ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने युवराज खतिवडाले अर्थ मन्त्रालयको शपथ लिएका छन्।
दुई साताअघि आफूसहित तीन मन्त्रीको सानो मन्त्रिपरिषद् बनाएका केपी ओलीले सोमबार बल्ल चार मन्त्री थपेका छन्।

चुनौतीबीच जिम्मेवारी सम्हालेको रक्षामन्त्री पोखरेलको ट्विट
नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले रक्षा मन्त्रालयमा जिम्मेवारी सम्हालिसकेपछि चुनौतीको बीचमा आफूले यो जिम्मेवारी लिएको बताएका छन्।
अर्थमन्त्रालय पाउने भनी आकलन गरिएका मन्त्री पोखरेलले अन्तिम समयमा रक्षाको कार्यभार सम्हालेका थिए। उनले रक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि सोमबार उनले ट्विट गर्दै भनेका छन्, ‘चुनौतीका बीचमा आज रक्षा मन्त्रालयको जिम्मेवारी लिएको छु। साथ, सहयोग र समर्थनमा यो जिम्मेवारी पूरा गर्ने विश्वास लिएको छु।’
चुनौतीका विचमा आज रक्षा मन्त्रालयको जिम्मेवारी लिएको छु। साथ, सहयोग र समर्थनमा यो जिम्मेवारी पुरा गर्ने विश्वास लिएको छु ।

कार्यभार सम्हालेपछि गृहमन्त्री थापाले दिए २० मिनेट अर्तिउपदेश
माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयमा कार्यभार सम्हाल्दै करिब २० मिनेट अर्तिउपदेश दिएका छन्।
उनले गृह मन्त्रालयका कर्मचारीहरुलाई राखेर २० मिनेटसम्म अर्तिउपदेश दिएका थिए। उनले राजनीतिक स्थायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए। उनले शन्ति सुशासन कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
उनले गृहमन्त्रालयका हरेक सदस्यले शान्ति सुरक्षाको अवस्था सुधार्न ठूलो भूमिका खेल्ने आशा पनि गरेका थिए। उनले भने, ‘शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन तपाईँ हामी मिलेर अघि बढ्नुपर्छ,’ उनले भने।
नेपालमा शान्ति सुरक्षाको अवस्था मजबुत भयो भने अरुले पनि त्यसबाट पाठ सिक्ने उनले बताए। उनले विगतमा गृह मन्त्रालयमा रहेका मन्त्रीहरुले राम्रो काम गरेको र आफूले त्यसलाई पूर्णयता अवलम्बन गर्ने पनि बताए।

सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन