गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ ।
लिगको समय भने पछि तय गरिने छ । क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।
क्यानको स्वामित्वमा रहने गरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
यस्तै क्यानको २०७०।७१ देखि २०७५। ७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ ।
क्यानले २०७६। ७७ को लेखा परीक्षण गर्ने जिम्मेवारी एबिएस एन्ड एशोसियट्सलाई दिने निर्णय गरेको छ ।
आव २०७७/७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ ।
पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष पेश गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।
सम्बन्धित खबर
बदली र वर्षाको सम्भावना
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग