तनहुँ । तनहुँमा २४ जना कोरोना संक्रमित थपिएको छ ।
जिल्लाको व्यास नगरपालिकामा ८ जना, भिमाद नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा ७ जना, शुक्लागण्डकी नगरपालिकामा १ जना र फेवासिटी अस्पतालमा उपचाररत १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-१ की ४९, २१ वर्षीया महिला र २०, ५२ वर्षीय पुरुष, व्यास-२ की ६३ वर्षीया महिला, व्यास-४ का ३७ वर्षीय पुरुष, व्यास-८ का ६६ वर्षीय पुरुष र व्यास-९ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै भिमाद-४ का १९ वर्षीय पुरुष, भिमाद-५ की २९ वर्षीया महिला, भिमाद-६ की ४९ वर्षीया महिला, भिमाद-७ की १९, ३५ वर्षीया महिला र ५१, ३८ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।
यस्तै घिरिङ-१ की २१, ६५ वर्षीया महिला, ७१, ३५, ५६ वर्षीय पुरुष र घिरिङ-३ का ४०,५६ वर्षीय पुरुषमा संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिकाको वडा नखुलेको ४१ वर्षीया महिलामा समेत संक्रमण भएको छ ।
त्यस्तै फेवासिटी अस्पताल पोखरामा उपचाररत २३ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।



सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन