काठमाण्डौ – उपभोक्ता संरक्षण परिषद्का सदस्य प्रेमलाल महर्जनले राजीनामा दिएका छन् ।
मंगलबार राती सामाजिक संजाल मार्फत महर्जनले उपभोक्ता संरक्षण परिषदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
विगत लामो समयदेखि उपभोक्ता अधिकारका पक्षमा सक्रिय महर्जनले कानुन कार्यान्वन गर भन्दा राजीनामा माग्ने जस्तो प्रवृत्ति हावी हुँदै गएकाले आफुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन् : “सरकारी पदमा बसी अनुचित व्यापारिक क्रियाकलाप गर्न हुने, परिषद्को सदस्यको नाताले सरकारको ध्यानाकर्षण गर्न नपाउने ! सरकारी पदमा बसी गैरकानुनी कार्य गर्न पाउने, उपभोक्ता हितमा आवाज उठाउँदा सरकारको बिरोध गरेको ठान्ने, कानून कार्यान्वयन गर भन्दा राजिनामा माग्ने, मेरो आस्था र स्वाभिमानको साथै सरकारी पक्ष नै उपभोक्ता हित बिरोधि भएपछी मैले राजीनामा दिए ।”
उपभोक्ता अधिकारका पक्षमा लाग्दै आएका महर्जनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ साउन २६ गते संरक्षण परिषद्को सदस्यमा मनोनयन गरेको थियो ।
उपभोक्ता संरक्षण परिषदबाट मेरो राजीनामा !
सरकारी पदमा बसी अनुचित ब्यापारिक क्रियाकलाप गर्न हुने । परिषदको सदस्यको…
Posted by Prem Lal Maharjan on Tuesday, 24 November 2020
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ