निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्रतिस्पर्धी किशोर प्रधानलाई उनले पराजीत गरे । शनिबार भएको मतदानको मतगणना रातभरमा सकिएकोछ । ३० प्रतिशत मतभार हुने एसोसिएटतर्फ ढकालको पक्षमा ५२२ मत आउँदा प्रधानले ३७५ मत पाएका छन् । २० प्रतिशत मतभार रहेको बस्तुगततर्फ ढकालले ५९ मत पाए भने प्रधानलाई ३९ मत आएको छ ।
ढकालले धेरै मत ल्याउने अपेक्षा गरिएको जिल्ला तथा नगरमामा भने उनले सोचे अनुसार मत ल्याउन सकेनन् । ५० प्रतिशत मतभार हुने जिल्ला तथा नगरमा ढकालले ५२ मत पाउँदा प्रधानको पक्षमा ५३ मत परेको छ ।वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने विधानको व्यवस्था अनुसार महासंघको अबको अध्यक्ष शेखर गोल्छा बनेका छन् । वरिष्ठ उपाध्यक्षमा विजयी ढकाल अर्को कार्यकालमा अध्यक्ष बनेर निजी क्षेत्रको नेतृत्वमा पुग्नेछन् । ढकाल नेपालको प्रतिष्ठिन व्यावसायिक घराना आइएमई ग्रुपका अध्यक्ष हुन् ।
मंसिर ११ देखि जारी महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार तीन ठाउँमा मतदान भएको थियो ।
वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ।
ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए।
त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत ल्याएका थिए।
त्यसैगरी, ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । आइतबार सवेरै नतिजा घोषणा गरिएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्ष बाहेकका पदमा शनिबार मतदान भएको थियो।
निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले संपूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिएका छन्। प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए।
महासंघमा वस्तुगततर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसियटतर्फ ९ सय ३ मतदाता थिए।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’