निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्रतिस्पर्धी किशोर प्रधानलाई उनले पराजीत गरे । शनिबार भएको मतदानको मतगणना रातभरमा सकिएकोछ । ३० प्रतिशत मतभार हुने एसोसिएटतर्फ ढकालको पक्षमा ५२२ मत आउँदा प्रधानले ३७५ मत पाएका छन् । २० प्रतिशत मतभार रहेको बस्तुगततर्फ ढकालले ५९ मत पाए भने प्रधानलाई ३९ मत आएको छ ।
ढकालले धेरै मत ल्याउने अपेक्षा गरिएको जिल्ला तथा नगरमामा भने उनले सोचे अनुसार मत ल्याउन सकेनन् । ५० प्रतिशत मतभार हुने जिल्ला तथा नगरमा ढकालले ५२ मत पाउँदा प्रधानको पक्षमा ५३ मत परेको छ ।वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने विधानको व्यवस्था अनुसार महासंघको अबको अध्यक्ष शेखर गोल्छा बनेका छन् । वरिष्ठ उपाध्यक्षमा विजयी ढकाल अर्को कार्यकालमा अध्यक्ष बनेर निजी क्षेत्रको नेतृत्वमा पुग्नेछन् । ढकाल नेपालको प्रतिष्ठिन व्यावसायिक घराना आइएमई ग्रुपका अध्यक्ष हुन् ।
मंसिर ११ देखि जारी महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार तीन ठाउँमा मतदान भएको थियो ।
वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ।
ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याएका थिए।
त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत ल्याएका थिए।
त्यसैगरी, ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । आइतबार सवेरै नतिजा घोषणा गरिएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्ष बाहेकका पदमा शनिबार मतदान भएको थियो।
निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले संपूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिएका छन्। प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए।
महासंघमा वस्तुगततर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसियटतर्फ ९ सय ३ मतदाता थिए।
सम्बन्धित खबर
पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री
निजी निवास फर्किइन् निवर्तमान प्रधानमन्त्री कार्की
बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन: रवि लामिछाने
नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई
मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री
यी हुन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष