पोखरा – आइतबार पोखराका ५८ सहित गण्डकीमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी चारवटा विज्ञप्ति अनुसार गण्डकीका ५१६ जनामा गरिएको पीसीआर परीक्षण मध्ये थप १०५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअनुसार कास्कीको पोखरा महानगरमा ५८ जना, तनहुँमा १० जना, गोरखामा १८ जना, लमजुङमा २ जना, नवलपुरमा १२ जना, स्याङ्गजामा ३ जना र पर्वत जिल्लाका थप २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ९ सय ६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा ४२ जना कोरोना मुक्त भएका छन् । यो संगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ हजार ९ सय १० पुगेको छ ।
आइतबार पनि गण्डकीमा कोरोनाबाट थप दुईको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका मृतक पोखरा महानगरपालिका वडा नं -१९ का ५७ वर्षीय पुरुष र पोखरा -११ का ६० वर्षीय पुरुष रहेका छन् ।
आज थपिएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारणमा ज्यान गुमाउनेको संख्या १५४ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।







सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी