पोखरा । सोमबार बेलुकी नयाँबजारको भूपू सैनिक मेडिकलमा २० वर्ष उमेर जतिका एक युवक औषधि किन्न छिरे । रुघा लाग्यो भन्दै औषधि मागे । उनलाई सञ्चोको एक थोपो सुँघ्न लगाइयो, गन्ध थाहा नपाउने जनाए । स्वाद पनि ३-४ दिनदेखि हराएको बताए ।
औषधि पसल सञ्चालक तीर्थराज अवस्थीले ‘घरमा को-को हुनुहुन्छ ?’ भनेर सोध्दा युवकले कोठामा ‘आमा, भाउजू, बाबुनानी बस्छौँ ‘ भने । ‘त्यसो भए छुट्टै बस्नुहोस्, सँगै नबस्नुहोस्, जुठो खुवाउने, नजिक हुने काम नगर्नुहोस्, तत्काल कोरोना परीक्षण गराउनुस्’ भन्दा ति युवकले ‘कहाँ कोरोना होला र ? केही त भएको छैन’ भने । उनलाई महानगर वा वडामा सम्पर्क राख्न र निःशुल्क परिक्षण हुने पनि जानकारी गराए । त्यही समयमा अर्का कोरोना संक्रमित फार्मेसीमै थिए । उनले आफूलाई पनि ठ्याक्कै यही लक्षण भएको र जचाउँदा पोजिटिभ आएको सुनाउँदै अहिले संक्रमणमुक्त भइसकेको बताए ।
पोखरामा कोरोना संक्रमित छ्याप्छ्याप्ती बजारमा छन् भन्ने एउटा उदाहरण हो यो । लक्षणविहीन संक्रमितहरु निष्फिक्री डुलिरहेका छन् । न उनीहरुलाई आफू कोरोना संक्रमित भएको थाहा छ । उनीहरु कामलाई नै जारी राखिरहेका छन् । तर, उनीहरुबाट अरुलाई सार्ने सम्भावना उत्तिकै छ र जोखिमयुक्त समूहका लागि कोरोना सार्ने माध्यम बनिरहेका छन् ।
पोखरामा बिरामी भएर अस्पताल पुगेकाहरुमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । अस्पतालकै स्वास्थ्यकर्मी, कर्मचारीहरुमा पनि कोरोना देखिएको छ । अब जाडो मौसम लाग्ने अर्थात मौसम परिवर्तनका बेला रुघाखोकी, ज्वरोका बिरामी बढिरहेका छन् । समाजको डरले समेत आफूलाई कोरोनाकै लक्षण देखिएपनि भन्न असहज मानिरहेको बेला अस्पताल नै भर्ना हुनुपरेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । सरकार निकम्मा बनेको सावित यसले गर्छ । संक्रमित बढिरहँदा परीक्षण दर घटेको छ । गण्डकी प्रदेशमा सक्रिय संक्रमित मध्ये आधा भन्दा बढी पोखरामा छन् । नागरिकहरु पनि बेमतलव हिँडिरहेका छन्, न मास्क, न भौतिक दूरि कायम !
मंगलबार मात्र पोखराका ७ अस्पतालमा १६ जना बिरामीमा कोरोना पोजिटिभ देखिएको छ ।

पोखराको गण्डकी मेडिकल कलेजका ६ जनामा संक्रमण पुष्टि भएको छ । ६० वर्षीया महिला, ७५, ५०, ३९, ४१ र ४४ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
यस्तै, मणिपाल शिक्षण अस्पतालमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका ४५, ५० र ६८ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखराको मिलिटरी अस्पतालका २ जना रहेका छन् । सो अस्पतालका २४ र ३० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखराकै चरक मेमोरियल अस्पतालमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २१ वर्षीय १ जना महिला तथा ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, साहारा अस्पतालका एक जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २२ वर्षीय एक पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
फेवासिटी अस्पतालमा समेत एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालकी २० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
कास्की सेवा अस्पतालका एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालकी २१ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

अस्पतालहरुमा यसअघि पनि बिरामीहरु, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना देखिँदै आएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु