विवाहका लागि अब लमीको आवश्यक पर्दैन । कुनै पण्डितलाई खोजिदिनुपर्ने भो बाजे भन्न पनि पर्दैन । प्रेम विवाह आफै भइहाल्छ । यदि खोजेरै बिहे गर्ने हो भने मोबाइल चलाएरै आफ्ना लागि मिल्ने वर वा वधू खोज्न सकिनेछ ।
हाफफूल टेक्नोलोजीले बिवाहका लागि केटा वा केटी खोज्न सहयोग होस भन्ने हेतुले ‘पञ्चेबाजा’ एप ल्याएको छ । यस एपबाट कस्तो वर वा वधू खोज्न चाहानु भएको सोहीअनुसार खोज्न सक्नुहुनेछ । विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन् । नेपालमा पनि केहि अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन् । यस एपबाट भने डेटिङमात्रै होइन, जीवन साथी नै खोज्न सकिने छ ।
प्रयोग गर्ने तरिका:
एन्ड्रोइड मोवाइल र आइफोन दुबैमा यो एप उपलब्ध छ । प्लेस्टोर वा एप स्टोरमा गएर ‘पञ्चेबाजा’ एप डाउनलोड गरिसकेपछि तपाईले आफ्नो प्रोफाइल बनाउन सक्नु हुनेछ । तस्वीरसहितको प्रोफाइल बनाएपछि तपाईले चाहेको पार्टनर जुन समुदायको, कति शैक्षिक योग्यता भएको र जागिरे वा विदेशको पीआर भएको कस्तो चाहानुहुन्छ त्यो सूचनाहरु पनि उल्लेख गर्नुपर्नेछ ।
फेक प्रोफाइल नबोस भनेर अरु फोटो पछि सेल्फी फोटो पनि एपले अपलोड गर्नुस् भन्नेछ । सेल्फी र अन्य फोटो मिलेन भने एपले ‘रातो’ संकेत गर्नेछ । जसलाई शंस्कास्पद मान्न सकिनेछ । सेल्फी’ र अन्य तस्वीरहरु मिलेको अवस्थामा भने यो फेक होइन भनेर ‘हरियो’ चिन्ह देखिनेछ । झुक्याउनका लागि प्रोफाइल बनाउनबाट यसले रोक्नछ । भविष्यमा अझ धेरै सुरक्षा सतर्कता बनाउने कम्पनीको तयारीछ ।
प्रोफाइल बनिसकेपछि तपाईंले चाहेको सम्भावित को-को हुनुहुन्छ, उनीहरुलाई देखाउनेछ । अहिले एपमा मात्रै रहेको र केहि महिनाभित्रै यसलाई वेवमा पनि उपलब्ध गराउने कम्पनीको तयारी छ ।
डाउनलोडका लागि
गुगल प्ले: https://bit.ly/3kffe1Z
एपल स्टोर: https://apple.co/35iSBUl
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा