लोकदोहोरी कलाकार तथा व्यवसायीले दोहोरी साँझ सञ्चालन गर्न दिन स्थानीय प्रशासनलाई ३ दिनको अल्टिमेटम दिएका छन् ।
पोखरा लोकदोहारी रेस्टुरेन्ट व्यवसायी संघ कास्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति र जिल्ला कार्य समिति कास्की र सांगीतिक कलाकार संघ नेपाल कास्कीले ३ दिनभित्र दोहोरी साँझ सञ्चालनको अनुमति नदिए चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । २ जना दोहोरी साँझमा गीत गाउने कलाकारले लकडाउनको अवधिमा आत्महत्या गरेको दुःखद अवस्थाबारे पनि जानकारी गराइयो ।
पत्रकार भेटघाट कार्यक्रममा लोक दोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले सबै प्रकारको सञ्चालन भई रहेको अवस्थामा दोहोरी साँझ चलाउन नदिएर अन्याय गरेको बताए ।
कोरोना भाइरसका कारण चैत ५ देखि नै दोहोरी साँझ व्यवसाय बन्द छ । साउन २० गतेदेखि जिल्ला प्रशासन कार्यालय कास्की, मुख्यमन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र सामाजिक विकास मन्त्रालयमा पटकपटक पत्र बुझाइए पनि सुनवाई नभएको अध्यक्ष गुरुङले बताए । गुरुङले निर्धारित समयमा खोल्न नदिए मादल बजाएर शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिए ।
उनले सरकारले तयार गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय गर्न अनुमति दिन र सहजीकरण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई पटकपटक भेटेको स्मरण गराए । अध्यक्ष गुरुङका अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सकरात्मक रहेता पनि सिडिओ ज्ञान प्रसाद ढकाल सकरात्मक छैनन् ।
दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले दोहोरी गाएर सांकेतिक प्रर्दशन तथा दवाबमूलक कार्यक्रम गर्ने जानकारी दिए । ‘९ महिनादेखि २५ दोहोरी साँझ बन्दहुँदा ४सय ५० कलाकारको रोजीरोटी गुमेको छ,’ अध्यक्ष गुरुङले भने, ‘कित राज्यले मारमा परेका कलाकारको लागि राहत प्याकेज ल्याएर जिम्मा लिनुप¥यो । कित तोकिएको मापदण्ड पूरा गरेर दोहोरी व्यवसाय खोल्न दिन प¥यो ।’
अध्यक्ष गुरुङले मंसिर २५ गते बेलुकासम्म व्यवसाय खोल्न नदिए २६ गते स्थानीय प्रशासनलाई तालाचाबी बुझाएर कार्यरत कलाकार र कर्मचारीको नाम लिस्ट दिएर रोजीरोटीको जिम्मा लिन अनुरोध गरिने बताए ।
दोहोरी गीत प्रतिष्ठानका पूर्व उपमहासचिव तथा दोहोरी व्यवसायी संघ कास्कीका महासचिव चोलेन्द्र पौडेलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको परिपत्र अनुसार काठमाडौं चितवन, बुटवल दमौली लगायत सहरमा व्यवसाय सञ्चालन भइरहेको जानकारी दिए । उनले पोखराको लेकसाइडमा समेत दोहोरी जस्तै प्रकृतिको मनोरन्जन व्यवसाय सञ्चालन भएको उल्लेख गरे ।
अन्य व्यवसाय संचालन गर्न दिँदा दोहोरी साँझ व्यवसायको हकमा भने राज्यले केही नसोचेको गुनासो उनीहरुको छ । पोखराका विभिन्न २५ वटा दोहोरी साँझमा झण्डै एक हजार ५० जना कलाकार एंव कर्मचारी आबद्ध छन् । हालको अवस्थामा दोहोरी ठप्प हुँदा उनीहरुको रोजीरोटी गुमेको छ ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’