जाकार्ता । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ ।
संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो ।
त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पु¥याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन् ।
“कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरुले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ,” उनले भने।
उनले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए ।स्वास्थ्यसम्वन्धी निकायहरुले सवैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् । सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ