पछिल्लो समय खेमा बदलेका उद्योगमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गुटको भेलामा सहभागी भएका छन् । गृहमन्त्री रामबहादुर थापा भने सो भेलामा सहभागी भएका छैनन्
आइतबार प्रतिनिधिसभा विघटन गराएका ओलीले सोमबार बिहान आफूपक्षको रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमै भेला बोलाएका छन् । सो भेलामा पूर्वमाओवादी समूहका भएपनि पछिल्लो समय प्रचण्डको साथ छाडेका भट्ट बैठकमा सहभागी हुन् । भट्ट ओलीकै लहरमा महासचिव विष्णु पौडेलसँगै देखिएका छन् ।
ओलीको कदमको विरोध गर्दै माधव नेपाल समूहकासहित ७ मन्त्रीले राजीनामा दिएपनि भट्टले दिएका छैनन् । यस्तै, गृहमन्त्री रामबहादुर थापाले पनि राजीनामा दिएका छैनन् । तर उनी भने सो भेलामा सहभागी भएका छैनन् ।
बादलले पुल्चोकमा गरे आफ्नो पूर्वसमूहको भेला
थापाले भने आफ्नै पूर्वसमूहको भेला गरेका छन्। उनले क्याबिनेटबाट राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो।
सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए। राष्ट्रिय सभा सदस्य रहेका बादल उक्त भेलामा जाने अनुमान गरिएको थियो। तर उनी बालुवाटार नगएर सोमबार बिहान मन्त्रीक्वार्टर पुल्चोकमै बसे।
पुल्चोकमा उनले आफ्नो पूर्वसमूहको भेला गरे । बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ। उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो।
उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्। बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिलाई बोलिदिन अनुरोध गर्दै पठाए पत्र
सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
लुम्बिनीमा मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर आठ बनाइने
रास्वपाले सार्वजनिक गर्यो पहिलो राष्ट्रिय महाधिवेशन कार्यतालिका, यस्तो छ चुनावी सेड्युल
भारत जाँदै रास्वपा सभापति रवि, मोदीसँग भेट्ने प्रयास
नेपाललाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेक पास भएर मानसरोवर जाँदै भारतीय टोली
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’