पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको प्रचण्ड–नेपाल समुहले बहुमत छ भन्दैमा आधिकारिक पार्टी को ? भन्ने विषयमा भ्रम फैल्याएको आरोप लगाएका छन् ।
नेकपा ओली पक्ष निकट राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरिय ‘बृहद युवा भेला’लाई सम्बोधन गर्दै उनले प्रचण्ड–नेपाल समुहको पार्टी संस्थापन पार्टी हुन नसक्ने उनले बताए ।
‘उहाँहरुसंग बढी टाउको छ भन्दैमा आधिकारिक पार्टीको विषयमा भ्रम फैल्याउने काम गरिरहनुभएको छ ।’ उनले भने – ‘उहाँहरुले नयाँ पार्टी खोल्नु भएको होइन । फुटेर जानु भएको हो । त्यसैले आधिकारिक पार्टी हामी हौं ।’
कार्यक्रममा उनले सूर्य चिन्ह पनि आफूहरुले नै पाउने दावी गरेका छन् ।’ हाम्रो पोल्टा भारी छ’ उनले भने,‘हामी तिर सूर्य चिह्न आओस त कसरी मत ओईरिन्छ अनि थाहा हुन्छ ।’ जनताको समर्थन भएकाले आगामी चुनावमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने उनको भनाई थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओली पक्षीय नेता गुरुङले बहुमत प्राप्त प्रधानमन्त्रीलाई काम गर्ने वातावरण भएन भने नया जनादेशमा जाने अधिकार भएको दाबी गरे । झण्डै ६४ प्रतिशत मत प्राप्त गरेको प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न दिइएन,उनले भने,‘आफ्नै पार्टीबाट घेराबन्दी गरियो, काम गर्नै दिइएन, यस्तो बेलामा नया जनादेशमा जानुको विकल्प थिएन, त्यसैले यो बैधानिक पनि छ ।’ संसद विघटनलाई अलोकतान्त्रिक नहुने जिकिर गर्दै उनले अगाडि भने,‘यो कदम कसरी अवैधानिक हुन्छ ? कसरी अलोकतान्त्रिक र प्रतिगामी हुन्छ ? संसद विघटन गरेर राजालाई बुझाएको हो ? संसदको अधिकार खोसेर प्रधानमन्त्रीले गोजीमा राखेको हो ? ।’ झण्डै दुई तिहाई मत प्राप्त सरकारले काम गर्न नपाएपछि जनतालाई भगवान मान्दै निर्वाचन घोषणा गर्नु सबैभन्दा लोकतान्त्रिक र संबैधानिक भएको उनको जिकिर थियो ।
प्रचण्ड–नेपाल समुहले सडक आन्दोलन गर्दैमा कुनै पनि देशको प्रधानमन्त्री हुन नसक्ने समेत उनले बताएका छन् । ‘प्रचण्डजीले बुझ्नुपर्ने हो, सडक आन्दोलन गर्दैमा प्रधानमन्त्री बन्न सकिदैन । प्रधानमन्त्री ओलीले म आफू कुनै पनि पदमा उठ्दिन, चैत्रमा महाधिवेशन गरेर नेतृत्व चयन गरौं भन्दा समेत ३ महिना पनि कुर्न नसकेको आरोप लगाएका छन् । ‘जनयुद्धका सपना पुरा गर्न हामी पनि साथ दिन्छौं ।’ उनले भने ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो