शुक्रबार पोखराका २७ सहित गण्डकीका थप ४३ जनामा कोरोना पुष्टि, १०४ जना कोरोनामुक्त

शुक्रबार पोखराका २७ सहित गण्डकीका थप ४३ जनामा कोरोना पुष्टि, १०४ जना कोरोनामुक्त

Gandaki covid corona 4

पोखरा – शुक्रबार पोखराका २७ सहित गण्डकीका थप ४३ जनामा कोरोना पुष्टि भएको छ ।

आज गण्डकीका २४६ जनामा गरिएको परीक्षण मध्ये थप ४३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका २७, तनहुँका १, स्याङ्गजाका ३, पर्वतका १, बाग्लुङका ६ र म्याग्दी जिल्लाका ५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय ३१ पुगेको छ । जसमा सक्रिय संक्रमित ९५२ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १०४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १३ हजार ४ सय ८७ पुगेको छ भने, हालसम्म गण्डकीमा संक्रमणकै कारण १९२ जनाले ज्यान गुमाइसकेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ