पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेसनमा प्यानल घोषणा गरेर चुनावमा होमिएको नारायण कोइरालाको टोली र बिन्दु कोइराला सुवेदीको टोली मतदाता फकाउनमा ब्यस्त छन् । पोखराका मतदाता व्यवसायीहरुसँग भेट्ने र आफ्ना एजेण्डा बुझाउँदै भोट माग्न थालेका छन् । पुस २४ र २५ गते महाधिवेसन हुँदैछ ।
नारायण कोइराला प्यानल
हालका बरिष्ठ उपाध्यक्ष रहेका नारायण कोइरालाको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको हो । उनी यसअघि पनि नेतृत्वका आकांक्षी थिए ।
कोइराला प्यानलको बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन्।

त्यस्तै, सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन्। कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन्।
यस्तै, एशोसिएट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन्।
बिन्दु कोईराला सुवेदीको स्वतन्त्र प्यानल
पोखरा उद्योग वाणिज्य संघकी हाल उद्योग तर्फकी उपाध्यक्ष विन्दु कोईराला सुवेदीले पनि प्यानल घोषणा गरेकी छन् ।
स्वतन्त्र प्यानल नाम दिइएको विन्दु प्यानलको वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् ।
यस प्यानलबाट बरिष्ठ उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा उमेदवारी दिइएको छैन । बरिष्ठ उपाध्यक्षमा नारायण कोईराला प्यानलका पवन प्रजापतिलाई नै समर्थन गर्दै उमेदवारी नदिइएको विन्दु प्यानलले जनाएको छ । उद्योग तर्फको उपाध्यक्षमा पहिले नै २ जनाको उमेदवारी परिसकेकाले सो पदमा पनि उमेदवारी नदिएको सो प्यानलले जनाएको छ ।

विन्दु प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।
विन्दुले चुनाव जितेर अध्यक्ष भईन् भने उनी पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्ष हुनेछिन् । संघमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । यसअघभि हिरा भट्टराईले अध्यक्षमा उमेदवारी दिएपनि पराजित भएकी थिईन् । संघको अध्यक्षमा उमेदवारी दिएकी सुवेदीले १४ वर्ष संघमा बिताईसकेकी छन् । उनी कार्यकारिणी सदस्य, उपाध्यक्षहुँदै अध्यक्षको प्रत्यासी बनेकी हुन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह