अष्ट्रेलियाको रकडेलस्थित बाइसेन्टेनियल पार्कमा नेपालीहरुले गत साता जम्मा भएर होली खेले । आपसमा भरपूर रमाईलो गरे । तर गरेको फोहोर यसै छाडेर हिँडेपछि बेसाइड मेयर बिल साराभिनोभ्स्की क्रोधित बनेका छन् ।
उनले सो पार्कलाई डम्पिङ साइट बनाउन खोजेको भन्दै आयोजकको आलोचना गरेका छन् । हजारौंको संख्यामा स्वयम्सेवकहरु आइतबार बिहान वाषिर्क ‘क्लीन अप अष्ट्रेलिया’ दिवस मनाउन स्थानीय सरकारी क्षेत्रहरुमा निस्केका थिए । त्यतिबेला नै उनीहरुले बाइसेन्टेनियल पार्कमा जताततै फोहोर फालिएको देखे ।
त्यसपछि इरेट रकडेलका बासिन्दाहरुले बेसाइड काउन्सीलमा यसको विषयमा उजुरी गरे । उनीहरुले केही स्थानीय मिडियालाई पनि लगेका थिए ।
‘पार्कको अवस्था देख्दा मलाई विरक्त लाग्यो । त्यहाँ घाँसभन्दा फोहोर धेरै थियो । ती सुँगुरहरुलाई अब आइन्दा पार्कमा छिर्न दिनु हुँदैन,’ रकडेल रेजिडेन्ट्स युनाइट फेसबुक साइटमा मार्क स्नेडोनले पोष्ट गरेका छन् । उनी आफ्नी छोरीको जन्मदिन मनाउन सो पार्कमा पुगेका रहेछन् ।
एक दिनअघि शनिबार सो स्थानमा नेपालीहरुले कार्यक्रम गरेको बुझिएको छ । उनीहरुमध्ये केही आइतबार सरसफाईमा सहभागी भएका थिए ।
मेयर साराभिनोभ्स्कीले भने, ‘म एकदमै निराश छु । वाषिर्क क्लीन अप अष्ट्रेलिया दिवसका दिन किन हाम्रो ठूलो पार्कलाई यस्तो रद्दी बनाएर छोडियो ?’
मेयरले सार्वजनिक स्थानहरुमा हुने ठूला कार्यक्रमहरुका लागि लिइने शुल्कमा तत्काल पुनरावलोकन गर्ने बताएका छन् । आयोजकहरुले पार्कलाई पहिलेकै अवस्थामा छोडेर हिँडेमा भने शुल्क फिर्ता दिन सकिने उनको भनाइ थियो ।
पेजहरुमा ट्रोल बनाएर नेपालीको यो व्यवहारको खिल्ली उडाइएको छ ।

सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु