पत्रपत्रिका । गण्डकी प्रदेशमा तीन महिनापछि आगामी मार्च महिनामा कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहकार्यमा संघीय सरकारको सहयोगमा मार्चमा पहिलो चरणमा राहतस्वरुप कोरोनाको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिमबहादुर खड्काले बताए ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भ्याक्सिनको भण्डारण तथा वितरण हुने भएको उनले जनाए । हाल नेपालमा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा व्यवस्थापन गर्नुपर्ने भ्याक्सिन प्रदेशको लागि उपयुक्त वातावरण हुने निर्देशक खड्काले बताए । गण्डकी प्रदेश सरकारले पहिलो चरणमा भ्याक्सिन भण्डारणको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखराको परिसरमा भण्डारण कक्षा निर्माण भइरहेको उनले बताए । नेपाल सरकारले हाल १२ प्रकारका विभिन्न खोप निःशुल्क रुपमा वितरण गर्दै आएकाले रुवेला, दादुरा जस्तै अभियानमा कोरोना विरुद्धको भ्याक्सिन समेत लगाइने निर्देशक खड्काले दाबी गरे । पोखरामा करिब ५ लाख भ्याक्सिन भण्डारण हुने गरी हाल भण्डारण कक्ष निर्माण गर्न लागिएको उनले बताए ।
आजको कारोबार दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ