काठमाडौं –केही न केही नयाँ काम गरेर सधै चर्चामा नै आइरहने मन्त्रीका रुपमा परिचित छन् लालबाुबु पण्डित ।
अघिल्लो पटक मन्त्री हुँदा सरकारी जागिर खाएर विदेशको डिभी र पिआर लिएर बसेका कर्मचारीलाई ठेगान लगाएका पण्डितले पछिल्लो पटक काठमाडौं उपत्यका तथा देशका मुख्य सहरमा सरकारले विद्युतीय सवारी सञ्चालनलाई उच्च प्राथमिकतामा राखेका छन् ।
धूवाँ–धुलोमुक्त स्वच्छ सहर विकास गर्ने लक्ष्यअनुसार योजना अघि बढाइएको हो । वातावरणमैत्री भएकाले अब विद्युतीय सवारी सञ्चालन गर्न सरकारले विशेष चासो दिएको उनको भनाइ छ ।
डिजल तथा पेट्रोलबाट सञ्चालित सवारीका कारण वातावरण प्रदुषण बढ्दै गएकाले विद्युतीय सवारी सञ्चालनमा ल्याउन लागिएको हो । देशमा जलद्यिुत उत्पादनको सम्भावना राम्रो छ, अबको सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।
वातावरण स्वच्छ राख्न पनि विद्युतीय सवारी सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाइ छ । विद्युतीय सवारीलाई लक्षित गरी नेपाल विद्युत प्राधिकरणले ठाउँ–ठाउँमा चार्जिङ स्टेसन बनाउनु सकारात्मक कदम रहेको उनले बताए ।
देशको मुख्य राजधानी काठमाडौं सहित देशका प्रमुख शहर बढ्दो धूवाँ–धुलोमुक्त बनाउने अठोट लिएका समेत उल्लेख गरे ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु