नेपाल प्रहरीले चुनावी तयारीलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरेको छ। कार्य तथा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु गरेको हो।
आगामी बैसाख १७ र २७ गते गरी दुई चरणमा हुने भएको चुनावलाई मध्यजनर गरेर प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउने काम सुरु गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुवँरले जानकारी दिए।
चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको छ।
त्यसगरी आगामी चुनावका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका तयार पारिएको छ। चुनाव हुनभन्दा ४५ दिनअघि म्यादी प्रहरी भर्ना गरिसक्नु पर्ने र १५ दिनसम्म तालिम दिएर फिल्डमा खटाउनुपर्ने प्रारम्भिक खाकामा उल्लेख गरिएको छ।
उनीहरुलाई चाहिने बन्दोबस्तीका सामान, लताकपडा लठ्ठीलगायतको आपूर्तिका विषय पनि एआइजी पोखरेल नेतृत्वको कमिटीले तयार पारेको छ।
सम्बन्धित खबर
सरकारले नै अब जागिर र कर्मचारी खोज्न सघाउने, प्रधानमन्त्रीले शुभारम्भ गरे ‘श्रम संसार’
सामाजिक सुरक्षा कोषले निर्देशकदेखि कम्युटर अपरेटसम्म २९ कर्मचारी माग्यो
लोकसेवा खुल्यो, अधिकृत, उपसचिवदेखि सहसचिवसम्म दरखास्त आह्वान
गण्डकीमा कानुन पढेकालाई जागिरको अवसर, न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान
स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’