पोखरा – शुक्रबार पोखराका २० सहित गण्डकीमा थप ४६ जनामा कोरोना पुष्टि भएको छ ।
आज गण्डकीका २५५ जनामा गरिएको परीक्षणमा थप ४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका २० जना, तनहुँमा १२ जना, लमजुङमा ३ जना, स्याङ्गजामा २ जना र बाग्लुङ जिल्लाका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ९ सय २२ पुगेको छ । जसमा सक्रिय संक्रमित ७४२ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ७१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १३ हजार ९ सय ८५ पुगेको छ ।
शुक्रबार कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृतक कास्की जिल्ला पोखरा महानगरपालिका -१२ निवासी ६२ वर्षीया महिला रहेकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ