प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिएको छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्नुभयो । उहाँले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताउनुभयो । दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताए ।
दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थता गर्न सक्ने दाबी पनि गरेका छन ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन